Premier Cables
Premier Steel

राजनीति

रविको मुद्दा फिर्ता

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ३०, २०८२  | साँझ ७:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोगदाबी फिर्ता लिने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको छ।

महान्यायाधिवक्ता सबिता भण्डारीले लामिछानेमाथि लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन स्वीकृति दिएको जानकारी दिइन्। उनका अनुसार लामिछानेबाट निवेदन प्राप्त भएपछि त्यस विषयमा आवश्यक निर्णयका लागि सरकारी वकिल कार्यालयहरूबाट फाइल पठाइएको थियो।

बिज्ञापन

‘हामीले अभियोगदाबी फिर्ता लिन स्वीकृति दिएका छौँ,’ भण्डारीले भनिन्।

लामिछानेले आफूविरुद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगदाबी फिर्ता लिन आग्रह गर्दै बुधबार नै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka