Premier Cables
Premier Steel

शेयर बजार

झिनो अंकले बढ्यो शेयर बजार

Calendar बुधबार, पुष ३०, २०८२  | अपराह्न ३:४४ बजे

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजार झिनो अंकले बढेको छ ।

आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.०५ प्रतिशत अर्थात १.५२ अंकले बढेर २ हजार ६४१.४३ विन्दुमा पुगेको छ ।

बिज्ञापन

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले घटेर ४५४.७३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड २५ लाख ४ हजार ९७० कित्ता सेयर ६ अर्ब २० करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर फोरममा उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘आज बजार झिनो अंकले बढेपनि यसलाई सेयरबजार बढेको भन्न मिल्दैन ।

आज विशेषतः धेरै सूचीकृत कम्पनीहरुको वार्षिक साधारण सभा भएकाले पनि सेयर लगानीकर्ताहरु एजीएमतर्फ उपस्थित हुँदा बजारमा ध्यान दिन पाएनन्, जसकारण सेयरबजारमा ठूलो अंकको उतारचढाव देखिएन । साथै, पछिल्लो समय चुनावी माहोल देखिएपनि नेपाल काङ्ग्रेसभित्र देखिएको समस्या र विवादले चुनावी समय धकेलिने होकी भन्ने अन्योलता अझै पनि छ ।

केही ठूला दलहरुले फागुन २१ मा नै चुनाव गर्न असमर्थन समेत जनाएको हल्ला छ, यस्तो कुराले सेयरबजारलाई पक्कै पनि नकारात्मक असर पार्छ । सम्भवतः माघ ६ गते मनोनयन दर्ता सकिएपछि बजार माथि उक्लिन सक्ने सम्भावना देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटामा हरियाली छायो भने ५ वटामा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक अर्थात २.५५ प्रतिशतले बढ्यो ।

यस्तै विकास बैंक समूह ०.०१ प्रतिशत, होटल ०.३१, हाईड्रो ०.०७, लगानी ०.११, म्युचुअल फण्ड ०.०८, निर्जीवन ०.३८ र व्यापार ०.६७ प्रतिशतले बढ्यो ।

होटल समूह आज सर्वाधिक घट्यो । यो समूहमा आज ०.४१ प्रतिशतको गिरावट आयो ।

बैंकिङ समूह पनि आज ०.०८ प्रतिशत, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन ०.४१, लघुवित्त ०.०५ र अन्य ०.१३ प्रतिशतले घट्यो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka