Premier Cables
Premier Steel

राजनीति

निर्वाचनमा खटिने कर्मचारीले कति पाउँछन् दैनिक भत्ता र खर्च ?

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष २८, २०८२  | बिहान १०:२० बजे
Hamro Biratnagar Headlines

विराटनगर । निर्वाचनमा खटिने कर्मचारीले प्राप्त गर्ने भत्ता तथा सुविधा सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगले ती कर्मचारीलाई उपलब्ध गराउने सेवा सुविधा सम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

जसअनुसार मतदान अधिर्कतले प्रतिदिन दुई हजार ५००, सहायक मतदान अधिकृतले दुई हजार, सहायक कर्मचारीले एक हजार ६००, सहयोगी कर्मचारीले एक हजार २००, स्वयंसेवकले एक हजार २००, मतदान केन्द्र खर्च भवन उपलब्ध भएको भए सात हजार, भवन उपलब्ध नभएको भए १५ हजार, मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी खर्च ३ हजार प्रति २० कि.मी., विविध भैपरी आउने खर्च(पानी, बिजुली र सञ्चार खर्चसमेत) ५ हजार रुपैयाँ एकमुष्ठ मतदान अधिकृतलाई बुझाइने छ ।

यसैगरी सुरक्षा अनुगमन घुम्ती टोलीतर्फ घुम्ती टोली प्रमुख (रा.प. द्वितीय) प्रतिदिन रु २ हजार ५००, घुम्ती टोली सवारी चालक रु. एक हजार ६००, घुम्ती टोली सवारी साधनको इन्धन तीन हजार रुपैयाँ र घुम्ती टोलीको खाजा खर्च दैनिक दुई हजार रुपैयाँ तोकिएको छ ।

सरकारले फागुनमा हुने निर्वाचनका लागि सबै तयारीलाई तीव्र बनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka