Premier Cables

कोशी प्रदेश

कोशी सरकारले शुरु गर्यो घुम्ती अस्पताल, बसभित्रै छन् ल्याब र उपकरण

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष २७, २०८२  | अपराह्न ३:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ। झापाको कमल गाउँपालिकाबाट यो घुम्ती अस्पतालको शुभारम्भ गरिएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अस्पतालको शुभारम्भ गरेका छन् ।

एउटा ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो। कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार यसमा रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको छ।

विज्ञापन

कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले यो सेवालाई गाउँ गाउँसम्म विस्तार गर्ने बताउनुभयो। तत्कालै महामारी फैलिँदा देखि स्वास्थ्य शिविर हरु सञ्चालन गर्न यो प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

यो घुम्ती अस्पताल नेपालमै पहिलो र नमुनायोग्य भएको चर्चा गर्दै यसलाई थप परिस्कृत गर्दै आम जनतामा पुर्याउने प्रदेश सरकारको तयारी रहेको जानकारी दिए। त्यस्तै प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले प्रदेश सरकारले जनताले देखिने गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताए ।

करिब ८० लाख रुपैयाँ खर्च गरेर बसमा नै कोशी घुम्ती अस्पताल सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । कमल गाउँपालिकामा स्वास्थ्य निर्देशनालयले स्वास्थ्य शिविर समेत आयोजना गरिएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka