Premier Cables
Premier Steel

राजनीति

ओलीसँग लिइयो लिखित बयान

Calendar सोमबार, पुष २१, २०८२  | बिहान ७:१३ बजे

काठमाडौं । भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित स्टेटमेन्ट लिएको छ ।

बयानका लागि पत्र बुझाउन गुण्डु पुगेको आयोगको टोली ओलीको लिखित स्टेटमेन्ट लिएर फर्किएको हो । ओलीले जाँचबुझ आयोगको प्रश्नमा लिखित जवाफ दिनुभएको आयोग स्रोतले पुष्टि गरेको हो । सहसचिव नेतृत्वको आयोगको टोली पत्र र प्रश्नसहित आइतबार दिउँसो ओली निवास गुण्डु पुगेको हो ।

बिज्ञापन

गत असोज ५ गते गठित आयोगले असोज ८ गतेबाट काम थालेको थियो । एमाले अध्यक्ष ओलीले पटक-पटक आयोगलाई नमान्ने र बयान नदिने भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । आयोगले पनि ओली बयान दिन नआए सरकारको सहयोगमा बयानमा बोलाउने दाबी गरिरहेको थियो तर, आइतबार आयोगको टोली सुटुक्क ओली निवास पुगेर बयानको औपचारिकता पूरा गरेको हो ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसहित फिल्डमा खटिएका सुरक्षाकर्मी, सेना, सशस्त्र र प्रहरी प्रमुख, तत्कालीन मुख्य सचिवसम्म, गृहसचिव र काठमाडौं जिल्ला प्रशासन प्रमुख छबि रिजालसँग बयान लिइसकेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka