Premier Cables

राजनीति

ओलीसँग लिइयो लिखित बयान

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष २१, २०८२  | बिहान ७:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित स्टेटमेन्ट लिएको छ ।

बयानका लागि पत्र बुझाउन गुण्डु पुगेको आयोगको टोली ओलीको लिखित स्टेटमेन्ट लिएर फर्किएको हो । ओलीले जाँचबुझ आयोगको प्रश्नमा लिखित जवाफ दिनुभएको आयोग स्रोतले पुष्टि गरेको हो । सहसचिव नेतृत्वको आयोगको टोली पत्र र प्रश्नसहित आइतबार दिउँसो ओली निवास गुण्डु पुगेको हो ।

विज्ञापन

गत असोज ५ गते गठित आयोगले असोज ८ गतेबाट काम थालेको थियो । एमाले अध्यक्ष ओलीले पटक-पटक आयोगलाई नमान्ने र बयान नदिने भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । आयोगले पनि ओली बयान दिन नआए सरकारको सहयोगमा बयानमा बोलाउने दाबी गरिरहेको थियो तर, आइतबार आयोगको टोली सुटुक्क ओली निवास पुगेर बयानको औपचारिकता पूरा गरेको हो ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसहित फिल्डमा खटिएका सुरक्षाकर्मी, सेना, सशस्त्र र प्रहरी प्रमुख, तत्कालीन मुख्य सचिवसम्म, गृहसचिव र काठमाडौं जिल्ला प्रशासन प्रमुख छबि रिजालसँग बयान लिइसकेको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka