Premier Cables
Premier Steel

अर्थ

सुनको मूल्य प्रति तोला ७ हजार ९०० ले घट्यो

Calendar मंगलबार, पुष १५, २०८२  | बिहान ११:३४ बजे

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो।

बिज्ञापन

यो गिरावटसँगै आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ। मंगलबार चाँदी तोलामा ३०५ रुपैयाँले घटेर ४ हजार ९३५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनको असर नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka