Premier Cables

अर्थ

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १७, २०८३  | बिहान ११:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएपछि नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ठूलो वृद्धि भएको छ।

आइतबार सुनको भाउ प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

विज्ञापन

यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। नयाँ भन्सार दर कार्यान्वयनमा आएसँगै महासंघले आइतबारदेखि मूल्य समायोजन गरेको हो।

महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार बजेटमा घोषणा गरिएको भन्सार दर भोलिपल्टदेखि नै लागू हुने व्यवस्था भएकाले त्यसअनुसार बजार मूल्य परिमार्जन गरिएको हो। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य रूपमा मात्र बढे पनि भन्सार शुल्क दोब्बर बनाइएकाले नेपाली बजारमा सुनको मूल्यमा ठूलो प्रभाव परेको छ।

“बजेटमा घोषित भन्सार दर तत्काल लागू हुन्छ। सोही आधारमा मूल्य समायोजन गरिएको हो,” बज्राचार्यले भने, “अन्तर्राष्ट्रिय बजारको तुलनामा आजको मूल्यवृद्धिको मुख्य कारण भन्सार शुल्क नै हो।”

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सार्वजनिक गरेको बजेटमार्फत सुनमा लाग्दै आएको २ प्रतिशत विलासी कर हटाए पनि भन्सार दर भने दोब्बर बनाएका छन्। साथै सुन खरिदमा उपभोक्ताले ०.५० प्रतिशत सिप प्रवर्द्धन शुल्कसमेत तिर्नुपर्ने व्यवस्था गरिएको छ।

भन्सार दर वृद्धिसँगै सुनको मूल्यमा आएको यो उछालले बजार, व्यवसायी तथा उपभोक्तामा व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka