Premier Cables
Premier Steel

राजनीति

६३ दलले बुझाए समानुपातिक बन्दसूची, आन्तरिक लफडाले कांग्रेसको बाँकी

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष १५, २०८२  | बिहान ९:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । निर्वाचन आयोगमा ६३ वटा राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ती दलहरूले समानुपातिक सूची पेस गरेका हुन्।

बिज्ञापन

आयोगका अनुसार नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी र समावेशी समाजवादी पार्टी नेपालले बन्दसूची बुझाएका छन्।

त्यसैगरी नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र उन्नत लोकतन्त्र पार्टीसहित अन्य दलहरूले पनि सूची बुझाइसकेको आयोगले जनाएको छ।

तर नेपाली कांग्रेसले भने समानुपातिकतर्फको बन्दसूची अझै बुझाउन सकेको छैन। खसआर्य समूहअन्तर्गत महिला उमेदवार छनोटमा सहमति नजुट्दा कांग्रेसभित्र विवाद देखिएको छ। कांग्रेस स्रोतका अनुसार तीन महिला नेताबीच प्रतिस्पर्धा रहेकाले अन्तिम निर्णय हुन बाँकी छ।

खसआर्यतर्फको महिला उमेदवारबारे टुंगो नलाग्दा बिहान साढे ८ बजेसम्म पनि कांग्रेसले बन्दसूची निर्वाचन आयोगमा बुझाउन नसकेको हो।

“नेताहरूले आ–आफ्नो दाबी पेस गर्नुभएको छ,” स्रोतले भन्यो, “तीनै जना योग्य भएकाले निर्णय गर्न कठिन भइरहेको छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa