Premier Cables

राजनीति

एमालेको समानुपाति बन्दसूचीमा को-को परे ?

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष १४, २०८२  | राती ९:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । एमालेले सोमबार राति निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा माओवादीबाट आएका रामबहादुर थापा ‘बादल’ को पनि नाम परेको छ।

आदिवासी जनजाति क्लस्टरबाट उपाध्यक्ष बादलको नाम पहिलो नम्बरमा राखेर एमालेले ११० जना समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाएको हो।

विज्ञापन

समानुपातिक उम्मेदवारको पहिलो नम्बरमा भूमिका लिम्बू सुब्बा छिन्। त्यस्तै गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्गवा, उषाकला राई, तारादेवी गुरूङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मिमा बरामु, यमुना घले, मनकुमारी तितुङ्ग, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हिरूसरा राना, कुलभक्त शाक्य, बुद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा लगायत सूचीमा छन्।

अहिलेसम्म जम्मा नेकपा एमालेसहित १६ वटा दलले सूची बुझाएका छन्।

अहिलेसम्म समानुपातिक सूची बुझाउने अन्य १५ दलमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेकपा (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जसपा नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल जनमुक्ति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन नेपाल र उन्नत लोकतन्त्र पार्टी छन्।

आयोगले सोमबार अपराह्न ४ बजेसम्म सूची बुझाउन भनेको थियो। तर ठूला दलहरूले अहिलेसम्म उम्मेदवार सूची बुझाएका छैनन्।

सूची नबुझाउने दलहरूको के हुन्छ ?

निर्वाचन आयोगले तोकिएको समयमा सूची बुझाउन नसक्ने दलहरूलाई ‘निस्सा’ लिएर जाने सुविधा दिएको छ। निस्सा लिएर जाने दलहरूले आज राति वा भोलिसम्म पनि आफ्नो समानुपातिक सूची बुझाउन सक्छन्।

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायत सबै ठूला दलहरूले आयोगबाट निस्सा लिएर गएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि निस्सा लिएर गएको छ।

समानुपातिक सूची बुझाउनुअघि कुलमान घिसिङसँग रास्वपाको फाइनल मिटिङ चल्दैछ। यो मिटिङ सफल भयो भने रवि, बालेन र कुलमानले मिलेर सूची बुझाउने छन्।

अरू दलहरूले पनि आन्तरिक तयारीको निम्ति पर्याप्त समय होस् भनेर निस्सा लिएर गएका हुन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka