Premier Cables
Premier Steel

विराटनगर

जोगबनी नाकाबाट सामान ल्याउन कडाइ, गृहमन्त्रीको निर्देशन कार्यान्वयन भएको हो ?

नोट: यो समाचार ११ महिना अघिको हो

सन्तोष कुमार बाँस्तोला Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ०४, २०८२  | बिहान ६:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । गृहमन्त्री रमेश लेखकद्वारा कोशी प्रदेशको सुरक्षा गोष्ठीमा जारी निर्देशनको प्रभाव विराटनगर-जोगवनी सीमा नाकामा देखिन थालेको छ।

 

बिज्ञापन

गृहमन्त्री लेखकले ३० दिनभित्र सीमा नाकाबाट हुने तस्करी रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कडाई गर्न निर्देशन दिएका थिए।

 

शुक्रबारदेखि नेपाल प्रहरीले भारतको जोगवनी बजारबाट सामान खरिद गरी नेपाल ल्याउने कार्यमा कडाई थालेको छ।

 

अब जोगवनी नाकाबाट १ सय रुपैयाँभन्दा बढीको सामान खरिद गरी ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम लागू गरिएको छ।

 

भारतले पनि सीमा क्षेत्रमा सुरक्षा चासो राख्दै नेपालबाट भारत प्रवेश गर्ने नागरिकलाई अनिवार्य रूपमा नेपाली नागरिकता वा सरकारी रूपमा प्रमाणीकरण गरिएका कागजात देखाउनुपर्ने नियम लागू गरेको छ।

 

कागजात नभएका व्यक्तिहरूलाई सीमा नाकाबाटै फर्काउन थालिएको छ । दैनिक रूपमा जोगवनी बजारमा सामान खरिद गर्न जाने नेपालीहरूको भीडले गर्दा नेपालबाट करोडौं रुपैयाँ भारततर्फ गइरहेको अवस्थामा नेपाली व्यापारीहरूले बजारमा ग्राहक अभावको गुनासो गर्दै आएका छन्।

 

यो समस्या समाधान गर्न गृहमन्त्री लेखकले सशक्त कदम चाल्न निर्देशन दिएका हुन्।

 

यसअघि पनि जोगवनी नाकामा कडाई गरिए पनि ती निर्णय लामो समय टिक्न नसकेको उदाहरण छ ।

 

यस पटकको कडाई स्थायी हुने हो वा केही दिनको औपचारिकता मात्रै हो भन्ने विषयमा आम जनताले चासो व्यक्त गरेका छन्।

 

सीमा नाका हुँदै भारत जाने यात्रुहरूलाई नागरिकता अनिवार्य रूपमा साथमा लिएर जान अनुरोध गरिएको छ।

 

साथै, भारतबाट सामान खरिद गरी ल्याउँदा नियम उल्लंघन गरेमा नेपाल प्रहरीले सामान जफत गर्ने वा फर्काउने जानकारी दिएको छ।

 

नयाँ नियमले सीमा नाका व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिए पनि यसको दीर्घकालीन प्रभावका लागि स्पष्ट योजना र दृढता आवश्यक छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka