Premier Cables
Premier Steel

अपराध विराटनगर

रानीबाट स्रोत नखुलेको नगदसहित विराटनगरका अरबिन्द अग्रवाल पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष १३, २०८२  | अपराह्न १:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रहरीले विराटनगरबाट स्रोत नखुलेको नगद सहित एक जनालाई पक्राउ गरेको छ ।

पुस  १३ गते ११;३० बजेको समयमा विराटनगर म.न.पा. १५ सुनसरी ट्रेडिङ् सेन्टर अगाडि  इप्रका रानी र इप्रका रानी (सिमा) बाट  प्रहरी सहायक निरीक्षक नवराज कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बिज्ञापन

भारतबाट नेपालतर्फ प्रदेश नं.१-०४-००१ च.०१६४ नं.को सेतो रंगको कारमा हुण्डी रकमको कारोवार हुने गरेको छ भनि प्राप्त सुचना अनुसार उक्त नं.को कारलाई निगरानी गरिरहेको अवस्थामा  जिल्ला मोरङ विराटनगर म.न.पा. वडा नं. १५ स्थित रानी विराटनगर सडकखण्ड हुँदै रानीबाट विराटनगरतर्फ जाँदै गरेको देखेर उक्त कारलाई पिछा गर्दै ऐ.१५ स्थित सुनसरी ट्रेडिङ सेन्टर (पेट्रोल पम्प) अगाडि रोकी कारमा रहेको चालक  नियन्त्रणमा लिएको हो ।

त्यस क्रममा विराटनगर -६ बस्ने वर्ष ४९ को अरबिन्द्र अग्रवाल लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली नगद रु, १००० को ४०० थान, रु,५०० को ३६० थान  १०० को  २०० थान गरी जम्मा नेपाली रु, ६,००,०००/- (छ लाख) रकम बरामद भएको हो ।

उनलाई  नियन्त्रणमा लिइ इ.प्र.का. रानीमा ल्याई थप अनुसन्धान कार्य भइ रहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka