Premier Cables

कोशी प्रदेश

दलहरुको शक्ति प्रदर्शन: राप्रपाको बिर्तामोडमा, जसपा विराटनगरमा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, पुष १२, २०८२  | अपराह्न १२:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले कार्यकर्ता परिचालन तीव्र पारेका छन्।

शनिबार कोशी प्रदेशमा दुई दलका छुट्टाछुट्टै कार्यक्रम तय भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापाको बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ भने जनता समाजवादी पार्टी (जसपा) नेपालले मोरङको विराटनगरमा प्रदर्शन आयोजना गर्दैछ।

विज्ञापन

राप्रपाले निर्वाचनअघि राजा, राजनीतिक दल र ‘जेन–जी’ बीच नयाँ समझदारी आवश्यक रहेको एजेन्डा अघि सार्दै बिर्तामोडमा सभा गर्न लागेको हो।

अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्लामा हुने उक्त सभामा वरिष्ठ नेता तथा उपाध्यक्षद्वय बुद्धिमान तामाङ र विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ खुश्बु ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, जसपा नेपालले प्रदेशस्तरीय विरोध सभाअन्तर्गत विराटनगरमा कार्यक्रम गर्दैछ। संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलगायत २८ बुँदे माग र राष्ट्रिय मुद्दा उठाउँदै पार्टीले प्रदेशस्तरीय विरोध सभा सुरु गरेको जनाएको छ।

जसपा नेपालले पुस १४ गते मधेश प्रदेशको जनकपुर, पुस १५ गते वीरगञ्ज र पुस १७ गते लुम्बिनी प्रदेशको भैरहवामा सभा गर्ने कार्यतालिका तय गरेको छ। ती सभालाई पार्टी अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka