Premier Cables
Premier Steel

राजनीति

छानबिन आयोग समक्ष कुनै हालतमा बयान नदिने ओलीको अडान

Calendar आइतबार, पुष ०६, २०८२  | राती ८:१६ बजे

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगलाई कुनै पनि हालतमा बयान नदिने अडान दोहोर्‍याएका छन्।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आयोगले बयान लिने तयारी गरिरहेको चर्चा चलिरहेका बेला ओलीले आफू त्यसका लागि तयार नरहेको स्पष्ट पारे।

बिज्ञापन

एमालेको तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक हिमालय टिभीको कार्यक्रम ‘यक्ष प्रश्न’मा निमेष बन्जाडेसँगको अन्तर्वार्तामा उनले बयान दिनु नपर्ने धारणा व्यक्त गरे।

सरकार पक्षबाट ‘बयान नदिए जसरी पनि ल्याइने’ भन्ने भाषा प्रयोग भइरहेको भन्ने प्रश्नमा ओलीले बयान दिनु आफ्नो स्वेच्छाको विषय भएको बताए। उनले आफूले जाँचबुझको नतिजा पहिले नै सार्वजनिक भइसकेको अवस्थामा फेरि बयान दिनुको औचित्य नरहेको तर्क गरे।

ओलीले आयोगका प्रतिनिधि बयानका लागि आफ्नै घर आएमा चिया खुवाएर पठाउने पनि उल्लेख गरे। उनले भने, “मैले पटक–पटक भनिसकेको छु, बयान दिनु पर्दैन। नतिजा निकालिसकिएपछि फेरि जाँच किन दिनु? यसको अर्थ संवाद नगर्ने भन्ने होइन। कुराकानी हुन्छ, तर बयान भनेको व्यक्तिको स्वेच्छाको विषय हो।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka