Premier Cables
Premier Steel

राजनीति

एमाले महाधिवेशनः आज बन्द शत्र

Calendar आइतबार, मंसिर २८, २०८२  | बिहान १०:२० बजे

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको बन्दसत्र तोकिएको समयमा सुरु हुन सकेन । एमाले नेताहरूका अनुसार आज (मंसिर २८) बन्दसत्र दिउँसो १ बजेदेखि सुरु गर्ने तयारी गरिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र आज बिहान साढे ७ बजेदेखि सुरु हुने कार्यक्रम तय गरिएको थियो । तर, तयारी नपुगेका कारण बन्दसत्रको समय सारिएको हो ।

बिज्ञापन

यसैबीच, केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने तयारी गरिएको छ । पूर्वनिर्धारित नभएको उक्त बैठकपछि बन्दसत्र सुरु गरिने नेताहरूले बताएका छन् ।

बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सम्बोधन गर्नेछन् । त्यसपछि नेतृत्व चयनसम्बन्धी प्रक्रिया अघि बढाइनेछ ।

यसअघि शनिबार (मंसिर २७) भक्तपुरको सल्लाघारीस्थित चौरमा एमालेको ११औँ महाधिवेशनको औपचारिक उद्घाटन गरिएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka