Premier Cables

अपराध

विराटनगरमा ४ लाख ७० हजार रुपैयाँसहित साइकल यात्री पक्राउ

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर २६, २०८२  | साँझ ४:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरबाट स्रोत नखुलेको ४ लाख ७० हजार रुपैयाँसहित एक साइकलयात्री पक्राउ परेका छन्।

मोरङ प्रहरीका निमित्त प्रमुख डीएसपी कोपिला चुँडालका अनुसार विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट ४३ वर्षीय सञ्जय चौधरीलाई बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।

विज्ञापन

इलाका प्रहरी कार्यालय रानी तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले भारतको जोगबनीबाट साइकलमा नेपाल प्रवेश गर्दै गरेका चौधरीलाई रोकी चेकजाँच गरेको थियो।

तलासीका क्रममा उनले लुकाएको अवस्थामा रकम फेला परेको चुँडालले जानकारी दिइन्।

प्रहरीका अनुसार चौधरीको साथबाट १ हजार दरका ४ सय नोट र ५ सय दरका १ सय ४० नोटसमेत बरामद गरिएको छ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान अघि बढाइएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka