Premier Cables
Premier Steel

राष्ट्रिय

भिजिट भिसा प्रकरणमा ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर २५, २०८२  | साँझ ४:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। भिजिट भिसामा विदेश जाने नेपाली नागरिकबाट अवैध रूपमा रकम असुलेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख भट्टराईलाई २०८१ चैत ७ गते पक्राउ गरेपछि भिजिट भिसासम्बन्धी यो अनियमितता सतहमा आएको हो। भट्टराईसहित ६ जनामाथि अवैध असुलीमा संलग्न रहेको भन्दै अख्तियारले मुद्दा चलाएको छ।

बिज्ञापन

यस प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नामसमेत जोडिएको थियो। उनको योजनाअनुसार भट्टराईलाई एयरपोर्टमा खटाइएकै बेला त्यहाँबाट अवैध असुलीको ‘धन्दा’ सञ्चालन भएको आरोप लागेको हो। घटनापछि विपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध गरेका थिए।

भिजिट भिसामा विदेश जान चाहने नेपालीले बैंक खाताबाट पर्याप्त रकम, गन्तव्य मुलुकको होटल बुकिङजस्ता आवश्यक प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ। तर अध्यागमनका कर्मचारीहरूले विभिन्न म्यानपावर कम्पनी तथा मानव तस्करीमा संलग्न समूहसँग मिलेमतो गरी पैसा असुलेर मात्र व्यक्तिलाई विदेश पठाउने कार्य गरेको खुलेको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka