Premier Cables
Premier Steel

राष्ट्रिय

छानबिन आयोगमा बयान दिन नजाने केपी ओलीको संकेत

Calendar बिहिबार, मंसिर २५, २०८२  | अपराह्न २:४८ बजे

छानबिन आयोगमा बयान दिन नजो केपी ओलीको संकेत
विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छानबिन आयोगमा बयान दिन जाने नजाने भन्ने आफ्नो कुरा भएको बताएका छन् ।

काठमाडौमा सम्पादकहरुसँगको छलफलमा ओलीले बयान दिन जाने नजाने आफ्नो कुरा भएको बताउँदै कानुनी व्यवस्था के छ हेरिसकेको बताए । आयोगका सदस्यले मिडियामा बोलिहालेपछि उनीहरूको मनसाय बुझिन गएको भन्दै ओलीले जनताले माया गरेर मात्रै आफू रहेको तर विरोधले नसकिएको बताए ।

बिज्ञापन

सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई पूर्णतः गैरकानुनी र असंवैधानिक भएको आरोप लगाएका ओलीले सरकार अन्तरिम मात्र नभई असंवैधानिक सरकारले रूप धारण गरिसकेको टिप्पणी गरे।

प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन प्रक्रियाका लागि राष्ट्रपति मार्फत नियुक्त गरिएको जिकिर गर्दै ओलीले सरकारले कुनै पनि प्रतिष्ठान कमजोर पार्ने वा मास्ने अधिकार नरहेको स्पष्ट पारे।

समय एकनासले नचल्ने उल्लेख गर्दै उनले सरकारलाई होसियार भएर अघि बढ्न चेतावनी समेत दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka