Premier Cables

अर्थ कोशी प्रदेश

कोटेसन बन्द गरी कोशीको भौतिक मन्त्रालयद्वारा १० अर्बका योजना ठेक्का प्रक्रियामा

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर २५, २०८२  | अपराह्न २:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले १० अर्ब रुपैयाँबराबरका दुई हजार आयोजना ठेक्का प्रक्रियामा लगेको छ ।

मन्त्रालयलले जनाएअनुसार स्रोत सुनिश्चित भइसकेका वहुवर्षीय योजनाबाहेक कुल १९४८ वटा योजना ठेक्का प्रक्रियामा गएका छन् ।

विज्ञापन

मन्त्रालयका अनुसार मंसिर २० भित्र सबै योजना ठेक्का प्रक्रियामा लैजान निर्देशन दिइएको थियो । भौतिक पूर्वाधार तथा विकासमन्त्री भूपेन्द्र राईले भने, “यसबाट सकारात्मक परिणाम देखिएको छ । कतिपय जिल्लाको प्रगति ९७ प्रतिशतसम्म छ ।”

मन्त्री राईले आर्थिक वर्षको अन्तिम चौमासमा ठेक्का लगाउने प्रवृत्ति अन्त्य गर्न आर्थिक वर्षको सुरुवातबाटै काम थालिएको बताए ।

उनका अनुसार गत असोज महिनामा बाढीपहिरोबाट बढी प्रभावित भएको इलामबाहेकका जिल्लामा ठेक्काको प्रगति उल्लेख्य भएको बताए ।

उनले भने, “त्यहाँ संघीय सरकारबाट समेत काम हुने भएकाले केही ढिलो भएको देखिएको छ । तर, प्रक्रिया भने सुरु भइसकेको छ ।”

बाँकी कतिपय जिल्लामा जग्गा विवाद देखिएको मन्त्री राईले बताए । बहुवर्षीय योजना सिफारिस हुन बाँकी रहेकाले ती पनि चाँडै टुंगो लाग्ने उनको भनाइ छ ।

कोसीमा विगतमा वैशाख–जेठमा पनि ठेक्का खुल्ने गरेको थियो । कतिपय मसिना र साना योजना कोटेसनमार्फत गराइने गरेकामा त्यसलाई मन्त्रालयले रोक लगाएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार रकम विनियोजनका आधारमा सोलुखुम्बुमा ९७.१५, मोरङमा ९५.७४, उदयपुरमा ९२.१०, खोटाङमा ९० र पाँचथरमा ८० प्रतिशत, ताप्लेजुङमा ७९.४९, भोजपुरमा ७५.०६,

धनकुटामा ७५.५४, सुनसरीमा ७३.४४, तेह्रथुममा ७०.७६, संखुवासभामा ६६.२१, झापामा ६६, ओखलढुंगामा ६४.२१ र इलाममा ५३.१६ प्रतिशत योजना ठेक्का प्रक्रियामा गएका छन् ।

यसैगरी, योजना संख्याका अधारमा इलाममा सबैभन्दा कम १५.७०, संखुवासभामा ४६.३०, झापामा ५१, धनकुटामा ५९, सुनसरीमा ६१.४८, मोरङ ६२.४८ र पाँचथरमा ६३.६१ प्रगति देखिएको मन्त्रालयले जनाएको छ ।

खोटाङमा ७२, तेह्रथुम ७४.२९, ओखलढुंगा ७८.३३, भोजपुरमा ८२.२८, उदयपुर ८२.२८, सोलुखुम्बु ८७ र ताप्लेजुङमा ९४.२३ प्रतिशत प्रगति देखिएको बताइएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka