Premier Cables
Premier Steel

समाचार

जेनजी सहिदलाई सुशासन योद्धाको उपाधि, जिल्ला प्रशासनमा नाम राखिने

Calendar सोमबार, मंसिर २२, २०८२  | अपराह्न ३:३६ बजे

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा मारिएका १७ जनालाई ‘जेन–जी सुशासन योद्धाको उपाधि दिएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनीहरुको नाम जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्न निर्देशन दिएको छ । १७ जनालाई सो उपाधि प्रदान भएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

सरकारको निर्णयअनुसार, २०८२ साल भदौ २२ र २४ गते भएका प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूलाई मरणोपरान्त सम्मानस्वरूप यो उपाधि दिइएको हो। तीन दिनभित्र नामावली राख्न मन्त्रालयले परिपत्र गरेको छ ।

यसअघि मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा मारिएका नागरिकहरूको परिवारलाई शहादतको मान्यता सहित आवश्यक सहयोग र सम्मान प्रदान गर्ने निर्णय गरेको थियो।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka