Premier Cables
Premier Steel

अपराध

जोगबनीमा लागूऔषध कारोबार रोक्न महिलाले गरे सडकमा प्रदर्शन

नोट: यो समाचार २ महिना अघिको हो

Calendar आइतबार, मंसिर २१, २०८२  | बिहान ११:१९ बजे

अररिया । जोगबनी क्षेत्रमा बढ्दै गएको लागुऔषध (नशा) को कारोबार रोक्न महिलाहरू सडकमा उत्रिएका छन्। ‘जोगबनीलाई उडता पंजाब बन्न नदिन’ नारा लगाउँदै उनीहरूले खुलेआम फैलिँदो नशा व्यापारविरुद्ध प्रदर्शन गरेका हुन्। स्थानीयका अनुसार शहरका धेरै वडामा नशाको कारोबार खुलेआम भइरहेको छ।

प्रदर्शनमा सहभागी महिलाहरूले नशाका कारण घरका युवाहरू बिग्रँदै गएको र परिवारको शान्ति–सुरक्षामा असर परेको भन्दै कडाइका साथ कारबाही गर्न प्रशासनलाई माग गरे। केही महिलाहरूले आफ्नै छोराहरू नशाको चपेटामा पर्दै गएपछि जीवन नरकजस्तै बनेको भन्दै चाँडै कदम नचाले स्थिति नियन्त्रणबाहिर जाने चेतावनी दिएका छन्।

स्थानीय बासिन्दा अजय कुमार आजादले पनि नशा कारोबार नियन्त्रणका लागि प्रशासन सक्रिय हुनुपर्ने बताएका छन्। प्रदर्शनकारीहरूले सीमावर्ती क्षेत्रमा दिनदिनै भइरहेको तस्करी र अवैध कारोबारलाई रोक्न निरन्तर निगरानी तथा प्रहरी कारबाही आवश्यक रहेको बताए।

प्रशासनले पनि नशा कारोबारमा संलग्न तस्करमाथि कडाइका साथ अभियान चलाइरहेको दाबी गरेको छ। प्रदर्शनमा सहभागी महिलाहरूले नशामुक्त समाज निर्माणका लागि सामूहिक पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka