Premier Cables
Premier Steel

खेलकुद

सुदूरपश्चिम विरुद्ध विराटनगरको सनसनीपूर्ण जित

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, मंसिर २०, २०८२  | साँझ ६:१६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सनसनीपूर्ण जित दर्ता गर्दै पहिलो क्वालिफायरमा प्रवेश गरेको छ।

सुदुरपश्चिमले दिएको १४८ रनको लक्ष्य १४ ओभरभित्र पूरा गर्नुपर्ने अवस्थामा विराटनगरले ११.५ ओभरमै लक्ष्य पार गर्दै प्रभावशाली जित हात पारेको हो।

यस जितपछि विराटनगर अंक तालिकामा १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। काठमान्डु गोर्खाजसँग समान १० अंक भएपनि रनरेटका आधारमा विराटनगर अघि रह्यो। लामो समय शीर्ष स्थानमा रहेको सुदूरपश्चिम भने आजको हारसँगै ६ खेलको लगातार जितमा पूर्णविराम लाग्यो।

अंक तालिकामा अब सुदूरपश्चिम १२ अंकसहित पहिलो, विराटनगर १० अंकसहित दोस्रो, काठमान्डु तेस्रो तथा लुम्बिनी लायन्स ८ अंकसहित चौथो स्थानमा छन्। अब पहिलो क्वालिफायर मंगलबार सुदूरपश्चिम र विराटनगरबीच हुनेछ। जित्ने टोली शनिबार हुने फाइनलमा प्रवेश गर्नेछ भने हार्ने टोली बिहीबारको दोस्रो क्वालिफायरमा जानेछ। बुधबार इलिमिनेटरमा काठमान्डु र लुम्बिनी भिड्नेछन्।

शनिबारको खेलमा विराटनगरले उत्कृष्ट सुरुवात गर्दै १४८ रनको लक्ष्य ४ विकेट गुमाएर पूरा गर्‍यो। फाफ डु प्लेसिसले १९ बलमै अर्धशतक प्रहार गर्दै ५ चौका र ४ छक्का जोडेर टीमलाई तेज सुरुवात दिलाए। उनलाई अभिनास बोहराले बोल्ड गरे। अर्का ओपनर साम हिजलेटले पनि २७ बलमा ५१ रन बनाए।

मार्टिन गप्टिलले ९ बलमा २२ रन जोडे भने बसिर अहमद ८ रनमा आउट भए। अन्त्यतिर प्रतिश जिसीले अभिनासलाई लगातार दुई छक्का प्रहार गर्दै जित सुनिश्चित गरे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाएर १४७ रन बनाएको थियो। आरिफ शेखले नटआउट ४५ रन बनाए भने जोश ब्राउनले २४ रन जोडे। इशान पाण्डेले ३८ रनको योगदान दिए।

विराटनगरका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। प्रतिश जिसीले २ विकेट र बसिर अहमदले १ विकेट हात पारे।

दुवै टोलीले आज खेलका लागि केही परिवर्तन पनि गरेका थिए। विराटनगरले चार नयाँ खेलाडी उतारेका थिए भने सुदूरपश्चिमले क्रिस लिन र स्कट कुगेलिनको स्थानमा जोश ब्राउन र ध्रुव परासरलाई खेलाएको थियो।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka