Premier Cables
Premier Steel

विराटनगर

पतिबाट अंशमा पाएको सम्पत्ति ससुरा डा. शितल यादवले भोगचलन गरिरहेको उनकी बुहारी निताको आरोप

नोट: यो समाचार १० महिना अघिको हो

सन्तोषकुमार बाँस्तोला Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ ०१, २०८२  | राती ८:१७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । श्रीमानबाट अंशमा प्राप्त सम्पत्ति ससुराले भोगचलन गर्न नदिएको भन्दै डा. निता यादवले न्यायको याचना गरेकी छिन् । विराटनगर सिटी अस्पतालका सञ्चालक डा. शितल यादवकी बुहारी तथा डा. सुशील यादवकी पत्नी निताले बिहीबार पत्रकार सम्मेलन गरी न्यायको याचना गरेकी हुन् ।

उनको विवाह २०६८ सालमा डा. सुशील यादवसँग भएको थियो। तर, विवाहपछि नै परिवारमा खटपट सुरु भएको निताले बताइन्। विवाह भएको दुई दिनपछि नै माइती घर गएकी निताले अध्ययनको सिलसिलामा सन् २०१४ देखि २०१९ सम्म बंगलादेशमा बसिन्।

बिज्ञापन

उनका अनुसार विवाहका क्रममा परिवारले श्रीमान सुशील यादव मानसिक रोगबाट ग्रसित रहेको कुरा लुकाएको थियो। विवाहपछि श्रीमानसँग छुट्टै बस्ने प्रयास गर्दा ससुरा डा. सितल यादव र सासुले मानसिक यातना दिने गरेको निताले दाबी गरिन्।

यस्तो अवस्थामा, श्रीमान्नै सल्लाहमा उनले २०७९ साल भदौ २ गते सुनसरी जिल्ला अदालतमा अंश पाउनका लागि मुद्दा दायर गरिन्। अदालतले २०८० साल बैसाख ७ गते श्रीमानको नाममा रहेको ४ बिगाहा जग्गाको आधा भाग निताको नाममा दिनुपर्ने फैसला गरेको थियो।

तर, २०८१ जेठ ३१ गते श्रीमानको निधनपछि परिवारले झन् बढी मानसिक तनाव दिएको र अदालतको आदेशलाई अवज्ञा गर्दै जग्गा भोगचलन गर्न नदिएको निताको आरोप छ।

ससुरा डा. शितल यादव र देवर सुनिल यादवले गुण्डा प्रयोग गरी धम्की दिने, खेतीबारीको तयारी गर्दा बनाएको कटेरो भत्काइदिने जस्ता कार्य गरेको उनले बताइन्।

श्रीमान्ले अंश वापत २०५८ सालमा मोरङको बुढीगंगा गाउँपालिका १ र ३ मा रहेको ४ बिगाहा जग्गा अदालतको आदेशले निताको नाममा गरे पनि त्यसलाई भोगचलन गर्न नदिएको उनले आरोप लगाइन्।

श्रीमानको मृत्युपछि आफूसँग लड्न र बोल्न कोही नभएकाले डर देखाएर खेदाउन खोजिएको उनको गुनासो छ। न्यायको लागि सबैसँग सहयोगको अपिल गर्दै निताले भनिन्,

मेरो अधिकार सुनिश्चित गर्न म संघर्षरत छु। म सबैलाई मेरो पक्षमा उभिन अनुरोध गर्दछु।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka