Premier Cables
Premier Steel

कोशी प्रदेश

हर्क साम्पाङको सुम्निमा पार्क निर्माणमा अख्तियारको अनुसन्धान

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर १८, २०८२  | बिहान १०:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । धरानका मेयर हर्क साम्पाङले अघि बढाएको सुम्निमा पारूहाङ प्रतिमा निर्माण अभियानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

प्रतिमासम्बन्धी रकम अपचलन भएको उजुरी दर्ता भएपछि अख्तियारले धरान उपमहानगरपालिकालाई आवश्यक सबै कागजात पेस गर्न पत्राचार गरेको हो।

बिज्ञापन

अख्तियारले मंसिर १४ मा पठाएको पत्रमा प्रतिष्ठानसम्बन्धी वित्तीय र संस्थागत सबै कागजात १५ दिनभित्र बुझाउन निर्देशन दिएको छ। आयोगले प्रतिष्ठान दर्ता प्रक्रिया, पदाधिकारी, रकमको स्रोत, खर्च, हस्तान्तरण लगायत विषयमा शंका उठेर उजुरी आएको बताएको छ।

उजुरीमा मेयर साम्पाङ र केही कर्मचारीले मिलेमतोमा प्रतिष्ठान दर्ता गराएको, स्थानीय तहको नेतृत्वमै बसेका व्यक्तिले आफ्नै अध्यक्षतामा संस्था खोलिएको आरोप पनि छ। त्यस्तै, प्रतिष्ठानमा आएको रकम कहाँबाट आयो र कसरी खर्च भयो भन्नेबारे पनि प्रश्न उठाइएको छ।

अख्तियारले प्रतिष्ठानको दर्ता प्रमाणपत्र, विधान, नियमावली, उद्देश्य, सदस्य संरचना, आर्थिक व्यवस्थापन कसरी गरिन्छ, निर्णय प्रक्रिया के हो भन्ने सबै कागजात मागेको छ।

पत्र सार्वजनिक भएपछि मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत असन्तोष व्यक्त गरेका छन्। उनले सरकारले प्रतिमा निर्माणमा पहल नगरेकाले आफूहरूले जनसहयोगमा अभियान सुरु गर्नुपरेको दाबी गरेका छन्।

साम्पाङले अख्तियारको पत्रलाई प्रश्न उठाउँदै सरकारी निकायले जनताकै अभियानलाई रोक्न खोजेको आरोप पनि लगाएका छन्।

सुम्निमा पारूहाङ प्रतिमा अभियान सुरुदेखि नै रकम संकलन, प्रतिष्ठान दर्ता प्रक्रिया र सार्वजनिक पदाधिकारीको भूमिकाबारे विवादमा थियो।

अख्तियारले कागजात मागेपछि अब यो विवाद औपचारिक छानबिनमा प्रवेश गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka