Premier Cables

खेलकुद

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स आमने-सामने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर १७, २०८२  | बिहान १०:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स आमने-सामने हुनेछन्। दुवै टोलीबीचको प्रतिस्पर्धा बुधबार दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

सन्दीप लामिछाने नेतृत्व गरेको विराटनगर पाँच खेलबाट ८ अंक हासिल गर्दै अंक तालिकामा तेस्रो स्थानमा रहेको छ। यता, रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले समान पाँच खेलमा ४ अंक जोड्दै छैटौँ स्थान सम्हालेको छ।

विज्ञापन

आजको खेल विराटनगरका लागि प्लेअफ सुनिश्चित गर्ने मौका हो—विजय हात पारेमा टोली एक खेल बाँकी रहँदै अन्तिम चारमा प्रवेश गर्नेछ। अर्कोतर्फ, लुम्बिनीका लागि प्लेअफको आशा जीवित राख्न आजको खेल जित्नु अपरिहार्य छ।

आज हुने यो प्रतियोगिता लिगको २२ औँ खेल हो। २१ खेल सम्पन्न हुँदा अपराजित सुदूरपश्चिम १० अंकसहित पहिले नै प्लेअफमा पुगेको छ। दुई खेल गुमाउँदै ८ अंक जोडेको काठमाडौं एक खेल मात्र बाँकी रहे पनि रनरेटका आधारमा दोस्रो स्थानमा उक्लिएको छ।

पाँच खेलमध्ये एकमा मात्र पराजित विराटनगरको पनि ८ अंक भए तापनि रनरेटका कारण तेस्रो स्थानमा छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka