Premier Cables
Premier Steel

खेलकुद

एनपिएलमा आज दुई खेल: जनकपुर-चितवन र पोखरा-कर्णाली भिड्दै

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर १६, २०८२  | बिहान ७:३२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरू हुनेछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान ११:४५ बजे हुने पहिलो खेलमा गत संस्करणका च्याम्पियन जनकपुर बोल्ट्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछन्।

अपराह्न ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुने दोस्रो खेल तय छन् ।

लगातार चार खेलमा पराजित भई तालिकाको पुछारमा पुगेको जनकपुरका लागि आजको खेल जित्नु प्लेअफ सम्भावनालाई जीवित राख्न निर्णायक हुनेछ।

त्यस्तै, चारमध्ये दुई खेल जितेको चितवनले अर्को जित निकाल्दै प्लेअफ यात्रा मजबुत बनाउने लक्ष्य लिएको छ।

दोस्रो खेल पोखरा र कर्णाली दुवैका लागि बराबर महत्वपूर्ण छ। चार खेलमा एक जित मात्र हासिल गरेको पोखराले आजको जितसँगै प्लेअफ नजिकिनेछ भने कर्णालीका लागि यो खेल ‘गर या मर’को अवस्थामा पुगेको छ।

मंसिर १ गतेदेखि सुरु प्रतियोगिताका हालसम्म १९ खेल सकिएका छन्। अपराजित सुदूरपश्चिम रोयल्स दश अंकसहित प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka