Premier Cables

विराटनगर

विराटनगरबाट प्रचण्डको सुझावः कति मोबाइल चलाएको भनेर छोराछोरी-नातिनातीनालाई गाली मात्र नगरौं !

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर १५, २०८२  | साँझ ७:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिभावकहरूले आफ्ना छोराछोरी र नातिनातिनाले इन्टरनेटमा के हेर्दै छन् भन्ने कुरा ध्यान दिनुपर्ने बताएका छन्।

सोमबार (मंसिर १५) विराटनगरमा पार्टीको सभामा प्रचण्डले अभिभावकलाई सुझाव दिए, “नातिनातिनासँगै इन्टरनेट प्रयोग बुझौँ, के पढ्छन्, के खेल्छन्, हेर्नुपर्छ। केवल ‘कति मोबाइल चलायौ’ भनेर गाली गर्नु पर्याप्त हुँदैन। उनीहरू हामीभन्दा धेरै जान्ने छन्।”

विज्ञापन

प्रचण्डले बताए, समयसँगै युवाहरूको संसार फरक भएको र अभिभावकले वास्ता नगर्दा ठूलो दूरी सिर्जना भएको छ। “के हेर्दै छन्, के पढ्दै छन्, के खेल्दै छन्, संवाद आवश्यक छ। स्थिति गम्भीर भइसकेको छ,” उनले थपे।

आफू पनि युवाहरूको तालसँग ताल मिलाएर अघि बढ्न तयार रहेको प्रचण्डले बताए। समाजलाई युवा, प्रौढ र वृद्धको सहभागिताले मात्र गतिशील बनाउने र पुस्तान्तरणका लागि सबैको भूमिका आवश्यक हुने उनको भनाइ थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka