Premier Cables
Premier Steel

समाचार

एनपीएल–२: आज चितवन-काठमाडौँ र विराटनगर-कर्णाली आमनेसामने

Calendar शुक्रबार, मंसिर १२, २०८२  | बिहान १०:४८ बजे

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई महत्वपूर्ण खेलहरू हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच हुनेछ।

चार खेल खेलिसकेको काठमाडौँ र तीन खेल खेलेको चितवन दुवैको चार-चार अंक रहेको छ। चितवन तालिकाको तेस्रो र काठमाडौँ चौथो स्थानमा छन्। अंक तालिकामा आफ्नो स्थिति मजबुत बनाउन दुवै टोली आजको खेल जित्न दबाबमा छन्।

बिज्ञापन

दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र विराटनगर किंग्स आमनेसामने हुनेछन्। विराटनगरले चार खेलमा एक खेल मात्र गुमाउँदै ६ अंक जोडेर तालिकाको दोस्रो स्थान ओगटेको छ। तीन खेल खेलेको कर्णालीले एक मात्र जीत निकालेको छ र तालिकाको पाँचौं स्थानमा रहेको छ।

एनपीएल-२ मा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्।

अंक तालिकामा अपराजित सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ। ६ अंकसहित विराटनगर दोस्रो, समान ४ अंक भएका चितवन र काठमाडौँ तेस्रो र चौथो स्थानमा छन्। समान २ अंकसहित कर्णाली, पोखरा र लुम्बिनी क्रमशः पाँचौ, छैटौँ र सातौँ स्थानमा छन्।

जनकपुर भने अझै अंकविहीन रहँदै तालिकाको पुछारमा छ।

मंसिर १ गतेदेखि सुरु भएको एनपीएल २७ गतेसम्म चल्ने कार्यक्रम छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka