Premier Cables

कोशी प्रदेश

इनरुवाबाट १५० केजी गाँजा बरामद, एक युवक पक्राउ

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ११, २०८२  | बिहान ११:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको इनरुवाबाट डेढ क्विन्टल बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले बिहीबार बिहान इनरुवा नगरपालिका–७ चाँदवेलाबाट एक क्विन्टल ५३ किलो गाँजासहित २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको हो ।

विज्ञापन

चाँदवेलाबाट दक्षिर्णतर्फ जाँदै गरेकोे बा १५ च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाइकल जाँच गर्दा प्लाष्टिकको प्याकेटमा बेरेर राखिएको गाँजा फेला परेको प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगञ्जबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । गाँजा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो ।

नियन्त्रणमा लिइएका चौधरी स्कारपियो गाडीका चालक हुन् । मोटरसाईकल चालक भने फरार भएका छन् । चौधरीलाई बरामद गाँजा तथा गाडी र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको प्रवक्ता थापाले बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka