Premier Cables
Premier Steel

खेलकुद

विराटनगरको अपराजित यात्रामा चितवनले लगायो ‘ब्रेक’

Calendar बुधबार, मंसिर १०, २०८२  | साँझ ७:३६ बजे

काठमाडौँ। चितवन राइनोजका रञ्जित कुमारले पाँच विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किंग्सको जित यात्रामा बुधबार पूर्ण विराम लागेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा चितवन ४८ रनले विजयी रहेको हो ।

बिज्ञापन

चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगरले १६.५ओभरमा सबै विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो ।

यस नतिजापछि चितवनको तीन खेलबाट चार अंक भएको छ । विराटनगर भने छ अंकमा रहेको छ । विराटनगरले पहिलो हार व्यहोरेको छ ।

विराटनगरले पावर–प्लेमा सुरुआती चार विकेट गुमाएपछि दबाबमा खेल्न बाध्य भएको थियो ।

अझ टिमले ३९ रन बनाउँदा पाँच विकेट गुमाएको थियो । साम हेजलेटले ११ बलमा २२ रन बनाए । यस्तै मर्चेन्ट डे ल्यान्गेले २२ बलमा ३९ रन बनाए

*** समाप्त ***
Bagmati
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka