Premier Cables
Premier Steel

राजनीति

चुनावमा भाग लिन हालसम्म ८० दल आयोगमा दर्ता

Calendar मंगलबार, मंसिर ०९, २०८२  | साँझ ५:१६ बजे

काठमाडौँ । फागुन महिनामा हुने तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन मंगलबारसम्म ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता हुने समय भोलिसम्म बाँकी छ । त्यस अवधिमा चुनावमा भाग लिन चाहने दलको संख्या थपिने सम्भावना छ ।

बिज्ञापन

आयोगमा दर्ता रहेका दलहरूले हुन लागेको निर्वाचनमा भाग लिने प्रयोजनका लागि पुनः दर्ता निवेदन दिनुपर्ने कानुनी प्रावधान छ । त्यही अनुसार आयोगले २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूका लागि १–१० मंसिरसम्मको समय दल दर्ताका लागि दिएको छ ।

प्रतिनिधिसभा पुनः स्थापनको पक्षमा उभिँदै आएको एमालेले पनि मंगलबार निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको छ । यथास्थितिमै हुने निर्वाचनबाट मुलुकको निकास सम्भव नहुने विचार राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि निर्वाचनमा भाग लिने जनाएको छ । राप्रपाले पनि मंगलबार नै दल दर्ताको निवेदन दिएको हो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka