Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

कोशीमा मदरसा शिक्षा बोर्ड गठन गर्न माग

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०९, २०८२  | साँझ ४:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ।

समाजका संयोजक साहेब अहमद (गुड्डु) नेतृत्वको टोलीले प्रदेशस्तरीय अधिकारसहितको मदरसा शिक्षा बोर्ड गठन गर्न प्रदेश सरकारसँग औपचारिक माग राखेको हो।

बिज्ञापन

ज्ञापनपत्रमा मोरङ, सुनसरी, उदयपुर, झापा, सप्तरीलगायत जिल्लामा करिब ३५० भन्दा बढी मदरसा तथा इस्लामी शिक्षण संस्था सञ्चालनमा रहेको उल्लेख गरिएको छ।

ती संस्थाहरूले मुस्लिम बालबालिकालाई धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय पाठ्यक्रमअनुसार शिक्षा प्रदान गर्दै आए पनि आवश्यक संरचना, नीति तथा सरकारी समन्वयको अभावले सहज रूपमा कार्य गर्न कठिनाइ भइरहेको र त्यसैले बोर्ड गठन अत्यावश्यक बनेको समाजको तर्क छ।

समाजले संविधानले धार्मिक तथा सांस्कृतिक शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको र राष्ट्रिय शिक्षा नीति-२०७६ ले मदरसा शिक्षालाई मूलधारमा ल्याउने नीति स्पष्ट पारेकाले प्रदेश सरकारले यस दिशाामा कदम चाल्नुपर्ने माग राखेको छ। ज्ञापनपत्रमा समाजले पाँचवटा प्रमुख मागहरू उल्लेख गरेको छ।

ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री कार्कीले मुस्लिम समुदायको मागलाई गम्भीर रूपमा लिएको बताउँदै त्यसलाई सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे। उहाँले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको उल्लेख गर्दै प्रदेश सरकारले सबै धर्म तथा संस्कृतिको संरक्षण र सम्मान गर्न तत्पर रहेको बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa