Premier Cables
Premier Steel

विराटनगर

विराटनगर-७ को श्रीमहालक्ष्मी ज्वेलर्स नजिकै भीषण आगलागी

Calendar मंगलबार, मंसिर ०९, २०८२  | बिहान ९:५७ बजे

विराटनगर । विराटनगर महानगरपालिका वडा नं ७ स्थित सरस्वती प्लाष्टिक उद्योगको पछाडिको भागमा आज बिहान भिषण आगलागी भएको छ ।

यो ठाउँ जलजला मोड नजिकै श्रीमहालक्ष्मी ज्वेलर्सको पछाडिको भागमा अवस्थित छ ।

बिज्ञापन

उ्रद्योग नजिकै थुपारिएको प्लाष्टिकको डंगुरमाथि एक्कासि आगलागी शुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्लाष्टिको फोहोर जलाउन आगो लगाउने क्रममा सल्किएको हुनसक्ने अनुमान गरिएकोछ ।

आगलागी नियन्त्रण गर्न विराटनगर महानगरपालिकाको दमकल, नेपाल प्रहरी र महानगर प्रहरीको टोली खटिएको छ ।

नजिकैका भवनमा समेत आगलागी हुनसक्ने जोखिम देखिएपछि महानगरका दुईवटा दमकल आगलागी नियन्त्रणमा खटिएका छन् । यसबाट भएको क्षति आँकलन गर्न बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka