विराटनगर-७ को श्रीमहालक्ष्मी ज्वेलर्स नजिकै भीषण आगलागी
नोट: यो समाचार २ महिना अघिको हो
मंगलबार, मंसिर ०९, २०८२ |
बिहान ९:५७ बजे
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ७ स्थित सरस्वती प्लाष्टिक उद्योगको पछाडिको भागमा आज बिहान भिषण आगलागी भएको छ ।
यो ठाउँ जलजला मोड नजिकै श्रीमहालक्ष्मी ज्वेलर्सको पछाडिको भागमा अवस्थित छ ।
उ्रद्योग नजिकै थुपारिएको प्लाष्टिकको डंगुरमाथि एक्कासि आगलागी शुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्लाष्टिको फोहोर जलाउन आगो लगाउने क्रममा सल्किएको हुनसक्ने अनुमान गरिएकोछ ।
आगलागी नियन्त्रण गर्न विराटनगर महानगरपालिकाको दमकल, नेपाल प्रहरी र महानगर प्रहरीको टोली खटिएको छ ।
नजिकैका भवनमा समेत आगलागी हुनसक्ने जोखिम देखिएपछि महानगरका दुईवटा दमकल आगलागी नियन्त्रणमा खटिएका छन् । यसबाट भएको क्षति आँकलन गर्न बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।