Premier Cables
Premier Steel

राष्ट्रिय

प्रधानमन्त्रीका स्वकीयले आफन्त नियुक्त गराएको विषयमा जेनजी समूह क्रुद्ध

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०८, २०८२  | बिहान ११:०६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्ना पारिवारिक सदस्य र नातेदारलाई नियुक्ति गराएको विषयमा जेनजी युवा अगुवाहरूले प्रधानमन्त्री कार्कीसमक्ष ध्यानाकर्षण गराउँदै छन्।

द काउन्सिल अफ जेनजी (सुदन गुरुङ समूह) का प्रतिनिधिहरू यसै उद्देश्यले प्रधानमन्त्रीलाई भेट्न लागेका हुन्।

समूहका सदस्य अनिल बानियाँले भने, “आजै प्रधानमन्त्रीलाई भेट्न जाँदैछ । तर १० बजे नै जाने कि अन्य कुनै समयमा भन्ने भने टुंगो लागेको छैन । जे भए पनि आजै जान्छौँ।”

अनलाइनखबरले सार्वजनिक गरेको रिपोर्टअनुसार, प्रमुख स्वकीय सचिव श्रेष्ठले आफ्नी पत्नी र नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदमा नियुक्त गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका स्रोतका अनुसार नेपाल सरकारका सचिवसरहको सुविधा पाएका आदर्श श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई सहसचिवसरहको स्वकीय सहसचिव पदमा नियुक्त गराएका छन्।

त्यस्तै, उनका नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएकी छिन्। संगीता र कमला दुवै असोज २ गते एकैदिन नियुक्त भएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेको एक साताभित्रै यी नियुक्तिहरू गरिएको बताइएको छ। सोही दिन नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठको पनि नियुक्ति भएको थियो।

समाचार सार्वजनिक भएपछि प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने तथा उनले गराएका नियुक्ति खारेज गर्नुपर्ने माग जेनजी युवाहरूले उठाउँदै आएका छन्।

सुदन गुरुङ समूहले समेत जेनजी पुस्ताको आन्दोलनको दुरुपयोग भएको टिप्पणी गरेको छ। “हामीले सुशासन मागेका थियौँ, तर यस्तो हुन सक्छ भन्ने कल्पना गरेका थिएनौँ,” समूहका सदस्य बानियाँले भने।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka