Premier Cables

राजनीति

कानुन बनाउन नसिएकोले महावीर मन्त्रीबाट रिसाएरै जानु भएको होः प्रधानमन्त्री कार्की

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ १९, २०८२  | अपराह्न ३:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन असन्तुष्ट भएर क्याबिनेटबाट बाहिरिएको जानकारी गराएकी छन्।

सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले पुनले केही कानुन निर्माणको प्रस्ताव राखेको तर सीमित समय र विभिन्न परिस्थितिका कारण ती कानुन बनाउन नसक्दा उनी असन्तुष्ट भएको बताइन्।

विज्ञापन

“महावीर पुनजी रिसाएरै जानुभएको हो। उहाँले दुई–चार वटा कानुन बनाउन आग्रह गर्नुभएको थियो, ती कानुन राम्रा पनि थिए,” प्रधानमन्त्री कार्कीले भनिन्, “तर छोटो समयमा कानुन बनाएर सहयोग गर्न सकेनौं। अनेक परिस्थिति हुन्छन्, सबै कुरा सम्भव हुँदैन।”

प्रधानमन्त्री कार्कीले यस्ता विषयलाई व्यक्तिको अधिकारको रूपमा बुझ्न पनि आग्रह गरिन्।

उल्लेखनीय छ, महावीर पुनले शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka