Premier Cables
Premier Steel

समाचार

उज्यालो नेपाल पार्टीमा छैन् कुलमानको नाम, कोशी प्रदेशका को-को छन् ? (हेरौं विवरण)

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक २५, २०८२  | राती ९:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङसँग नजिक मानिएको ‘उज्यालो नेपाल पार्टी’ले नेतृत्व परिवर्तन गरी निर्वाचन आयोगमा नयाँ विवरण बुझाएको छ।

मंगलबार पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगमा पेश गरिएको आयोगले जनाएको छ।

बिज्ञापन

यसअघि गत साउनमा पार्टीले आयोगमा बुझाएको विवरणमा ज्ञानकुमार तामाङ अध्यक्षका रूपमा थिए, तर नयाँ समितिमा उनी साधारण सदस्यका रूपमा मात्र रहेका छन्।

सुरुवातदेखि नै कुलमान घिसिङको पार्टी भनेर चर्चामा आएको भए पनि आयोगमा बुझाइएको नयाँ ५१ सदस्यीय कार्यसमितिको सूचीमा उनको नाम समावेश छैन।

कोशी प्रदेशबाट केन्द्रीय समितिको सदस्यमा विभिन्न पेशाका व्यक्तिको नाम समावेश छ । पहिचानवादी नेता डेकेन्द्र सिंह थेगिम केन्द्रीय सदस्य छन् । कोशीबाट केन्द्रीय सदस्यमा ९ जना परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka