Premier Cables
Premier Steel

राष्ट्रिय

होटलमा मधेशका मुख्यमन्त्रीको सपथ गराउने प्रदेश प्रमुख भण्डारीको यस्तो छ विगत

Calendar सोमबार, कार्तिक २४, २०८२  | अपराह्न २:३० बजे

काठमाडौं । एमाले मधेस संसदीय दलका नेता सरोजकुमार यादवलाई होटलमै मुख्यमन्त्री नियुक्त गरी शपथ गराएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी चर्चामा आएकी छन्।

संविधानको धारा १६८(२) अनुसार सरकार गठनको आह्वान गर्नुपर्ने माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दलले धर्ना दिइरहेका बेला भण्डारी काठमाडौं जाने भन्दै जनकपुरबाट निस्किएकी थिइन्। तर, उनी बर्दिबासस्थित पानस होटल पुगेर एमालेका यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराएपछि विवाद चर्किएको हो।

बिज्ञापन

भण्डारीले आफूखुसी निर्णय गरेकी होइनन् भन्ने दाबी भए पनि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीकी नजिककी विश्वासपात्र मानिन्छिन्। ओलीले संविधानको धारा १६८(३) अनुसार ठूलो दलका हैसियतमा यादवलाई मुख्यमन्त्री बनाउने दबाब दिएको स्रोतहरूले जनाएका छन्।

तर, यो कदमप्रति एमालेभित्रै असन्तुष्टि देखिएको छ। एमाले मधेस प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोले “यस घटनाले पार्टीकै बदनाम भएको” टिप्पणी गरेका छन्।

होटलमा गरिएको शपथपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत दलहरूले कडा विरोध जनाएका छन्। प्रदर्शनका क्रममा मुख्यमन्त्री कार्यालयमा तोडफोड, तालाबन्दी र कर्मचारी तथा सुरक्षाकर्मीमाथि हातपातको प्रयास समेत भएको छ।

भण्डारी २०७८ सालमा तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिसमा डेनमार्कका लागि राजदूत बन्न प्रस्तावित भएकी थिइन्। तर, सो वर्ष असारमा सर्वोच्च अदालतको परमादेशपछि ओली सरकार ढलेपछि उनीसहित प्रस्तावित ११ जना राजदूतको नियुक्ति रोकिएको थियो।

लगभग दुई वर्षपछि, २०८० फागुन २९ गते ओली–प्रचण्ड गठबन्धन बनेपछि भण्डारीलाई मधेस प्रदेश प्रमुख नियुक्त गरिएको हो। उनी झापाकी स्थायी बासिन्दा हुन् — जसले ओलीकै निर्वाचन क्षेत्र दमकसँग सम्बन्ध राख्छ।

६४ वर्षीया भण्डारी लामो समयदेखि एमालेकी पूर्णकालीन कार्यकर्ता रहिएकी हुन्। उनले अखिल नेपाल महिला संघको झापा जिल्ला अध्यक्षको जिम्मेवारी तीन कार्यकालसम्म सम्हालेकी थिइन्। साथै, उनले नेपाल परिवार नियोजन संघ, खानेपानी समिति, जिल्ला शिक्षा समिति र शिक्षण पेशा लगायत विभिन्न क्षेत्रमा पनि काम गरेकी थिइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka