Premier Cables
Premier Steel

विराटनगर

विराटनगरस्थित बाल सुधारगृहका ६० जनालाई अन्यत्रै सार्ने तयारी

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक २४, २०८२  | बिहान १०:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित बाल सुधारगृहमा पछिल्ला दिनहरूमा बढ्दै गएको अराजकता, भाग्ने घटना र झडप नियन्त्रण गर्न कठिन भएपछि ६० जना बाल बिज्याइँकर्तालाई अन्यत्र सार्ने तयारी गरिएको छ। सारिनेमध्ये अधिकांशको उमेर २० वर्षभन्दा माथि रहेको बताइएको छ।

विराटनगर–३ मा रहेको बाल सुधारगृहमा पटक–पटक हुने झडप, भाग्ने प्रयास र सुरक्षामा देखिएको कमजोरीका कारण जिल्ला प्रशासन कार्यालयको समन्वयमा उनीहरूलाई मोरङ कारागारको पुरानो खाली भवनमा सार्ने तयारी भइरहेको हो।

बिज्ञापन

बाल सुधारगृहका प्रमुख सञ्जीव न्यौपानेका अनुसार, सारिएका व्यक्तिहरूको बसोबास र व्यवस्थापनको जिम्मेवारी सुधारगृहकै हुनेछ भने भवन परिसरको सुरक्षा कारागारको सुरक्षा टोलीले गर्नेछ। यस व्यवस्थाले सुधारगृहमा देखिएका समस्या नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।

बाल सुधारगृहमा क्षमता भन्दा धेरै बिज्याइँकर्ता राखिँदा र सुरक्षाकर्मीको सङ्ख्या न्यून तथा हतियारविहीन हुँदा पटक–पटक झडप र आक्रमण हुने गरेको थियो। गत कात्तिक २० गते केही बिज्याइँकर्ताको समूहले आक्रमण गरी तीन जना प्रहरीलाई घाइते बनाएर नौ जना भागेका थिए। तीमध्ये दुई जना सोही दिन फर्किए भने एक जनालाई प्रहरीले नियन्त्रणमा ल्याएको थियो।

यो घटनापछि सुधारगृहको सुरक्षाप्रणालीमाथि गम्भीर प्रश्न उठेको थियो। प्रहरी, कर्मचारी र शिक्षकहरूको सुरक्षाबारे पनि चिन्ता बढेपछि केही बिज्याइँकर्तालाई अन्यत्र सार्ने निर्णय गरिएको प्रमुख न्यौपानेले जानकारी दिनुभयो।

हाल सुधारगृहमा २४५ जना राखिएका छन्, जसमा १७० जनाको अपराध प्रमाणित भइसकेको र ७५ जनाको मुद्दा चलिरहेको छ। ५० जनाको क्षमता भएको सुधारगृहमा चार गुणा बढी कैदीबन्दी राखिँदा व्यवस्थापनमा ठूलो चुनौती उत्पन्न भएको छ।

गत भदौ २३ र २४ गते भएको ‘जेल ब्रेक’ आन्दोलनमा २०६ जना फरार भएका थिए, जसमा १९१ जना मात्र फर्किएका थिए। तीमध्ये १५ जना अझै फरार छन्, साथै कात्तिक २० गते भागेका ६ जना समेत गरी हाल २१ जना अझै बेपत्ता छन्। तीमध्ये तीन जना भारतीय नागरिक हुन्।

सुधारगृहमा १८ वर्षमुनिका बालबालिकासँगै २८ वर्षसम्मका युवाहरू समेत राखिएकाले उमेर समूहबीचको विवाद र झडप नियमित हुने गरेको, जसले सुरक्षा चुनौती थपेको सुधारगृह प्रशासनले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka