Premier Cables

खेलकुद

विश्वकप लिग-२ : नेपालले यूएईलाई २३४ रनको लक्ष्य दियो

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १३, २०८२  | अपराह्न ३:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईमा जारी सिरिजमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो।

विज्ञापन

नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो एकदिवसीय शतक पूरा गरे। उनले १२६ बलमा ५ चौका र १ छक्कासहित १०० रन बनाए। यसअघि उनले सन् २०२२ मा पपुवा न्यूगिनी (PNG) विरुद्ध पहिलो शतक प्रहार गरेका थिए।

नेपालको सुरुवात भने राम्रो रहेन। ओपनर कुशल भुर्तेल ७ रनमा र भीम सार्की ३ रनमा आउट भए। आसिफ शेखले ३५ रन, आरिफ शेखले २७ रन र दीपेन्द्रसिंह ऐरीले २३ रन जोड्दै पारी सम्हाल्ने प्रयास गरे।
कप्तान रोहितले क्रमशः आसिफ (३५ रन), आरिफ (७० रन) र दीपेन्द्र (५४ रन) सँग महत्त्वपूर्ण साझेदारी गरे।

अन्त्यतिर करण केसीले ८ बलमा १३ रन बनाए भने सन्दीप लामिछाने ३ रनमा अविजित रहे। गुल्सन झा र ललित राजवंशी रन बनाउन असफल भए भने सोमपाल कामी ६ रनमा आउट भए।

बलिङतर्फ यूएईका जाहिद अलीले सर्वाधिक ४ विकेट, र जुनैद सिद्दिकीले ३ विकेट लिए।

अंक तालिकामा अमेरिकाको अग्रता

यसअघि सिरिजका पहिलो दुई खेलमा अमेरिकाले लगातार जित निकाल्दै लिग–२ को शीर्ष स्थानमा उक्लिएको छ। नेपाल र यूएई दुवैले पहिलो खेलमा पराजय व्यहोरेका छन्।

अमेरिकाले नेपाल र यूएईमाथि जित निकाल्दै २२ खेलबाट १६ जित सहित ३२ अंक जोडेको छ। स्कटल्यान्ड २४ खेलबाट ३० अंकसहित दोस्रो, र नेदरल्यान्ड्स २४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा छन्।

ओमानले २० खेलबाट २४ अंक, क्यानडाले २१ अंक, र नामिबियाले १९ अंक जोडेका छन्। नेपाल १७ खेलबाट १२ अंकसहित सातौँ स्थानमा, जबकि यूएई ६ अंकसहित अन्तिम स्थानमा छ।

नेपालले अहिलेसम्म लिग–२ मा पाँच खेलमा जित, दुई खेल बराबरी र १० खेलमा हार बेहोरेको छ।

यो वर्ष नेपाल, ओमान र यूएईले आफ्नो अन्तिम सिरिजपछि ८–८ खेल मात्र खेल्नेछन्, जबकि बाँकी टोलीहरूले दुई वर्षमा २४ खेल पूरा गर्नेछन्।

नेपालले अब शनिबार अमेरिकासँग र सोमबार पुनः यूएईसँग खेल्दै यो वर्षको लिग–२ अभियान समाप्त गर्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka