Premier Cables
Premier Steel

विराटनगर

विराटनगर आएर उपेन्द्र यादवले भने– जनतालाई आशा दिलाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २९, २०८२  | राती ९:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई आशा दिलाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासन हुनुपर्ने बताएका छन् ।

देशमा व्याप्त भ्रष्टाचार, कुशासन, कमिशनतन्त्र र बिचौलियातन्त्रका कारण निराश जनतालाई आशा दिलाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय शासन अनिवार्य भएको उनले बताएका हुन् ।

बिज्ञापन

जसपा मोरङको प्रथम जिल्ला अधिवेशनको उद्घाटन समारोहमा सोमबार बोल्दै अध्यक्ष यादवले वर्तमान सरकार र राजनीतिक प्रणालीप्रति कडा आलोचना गरे । यादवले राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय र कानुनी राज्यको स्थापना गर्न संविधान संशोधनको आवश्यकता रहेको बताए।

उनले मुलुकमा बहुदलीय व्यवस्था आएको ३५ वर्ष, गणतन्त्र स्थापना भएको लामो समय र संविधान जारी भएको १० वर्षपछि पनि राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नसकिएकोप्रती चिन्ता व्यक्त गरे ।

अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणालीले राजनीतिमा ठेक्का प्रथालाई संस्थागत गरेको र सर्वसाधारण तथा बुद्धिजीवी वर्गका लागि असहज बनाएको बताए। “निर्वाचन जित्न करोडौं रुपैयाँ चाहिने प्रणाली भएकोले यो परिवर्तन गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय शासन र उम्मेदवारको खर्चरहित निर्वाचन प्रणाली आवश्यक छ,” यादवले भने।

जसपाका सह–अध्यक्ष रकम चेम्जोङले वर्तमान सरकार भ्रष्टाचार र कमिशनतन्त्रमा लिप्त रहेको आरोप लगाए। उनले गभर्नर र धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा भएको ढिलाइलाई भ्रष्टाचार र चलखेलको उदाहरण भएको बताए। “यो सरकार भ्रष्टाचार गर्नकै लागि बनेको देखिन्छ,” चेम्जोङले भने।

अधिवेशनको क्रममा माओवादीका केही नेता जसपामा प्रवेश गरेका छन्। जसपाका कार्यकारिणी सदस्य जयराम यादवले अध्यक्ष यादवको अडानकै कारण सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपरेको दाबी गरे। उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई एकजुट भएर पार्टीको हितमा लाग्न आह्वान गरे। अधिवेशनमा ३१९ जना प्रतिनिधिहरू सहभागी रहेका छन् । अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्नेछ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka