Premier Cables

राजनीति

सरकार, दल र जेनजीबीच छलफल, को-को भए सहभागी?

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १२, २०८२  | साँझ ५:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले आह्वान गरेको त्रिपक्षीय छलफल बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। छलफलमा सरकार, राजनीतिक दलहरू र जेनजी पुस्ताका प्रतिनिधिहरू सहभागी रहेका छन्।

सरकारतर्फबाट प्रधानमन्त्री, गृहमन्त्री, कानुनमन्त्री, शिक्षामन्त्री र सञ्चारमन्त्री सहभागी भएका छन्।

विज्ञापन

राजनीतिक दलतर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत सहभागी छन्।

जेनजी समूहको तर्फबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक ढकाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर गरी १३ जना सहभागी भएका छन्।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी समूहका प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गरिसकेकी थिइन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका तयारीका लागि सरकारले संवाद र सहमतिको प्रयास तीव्र पारेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka