Premier Cables
Premier Steel

विराटनगर

गोपाष्टमीको अवसरमा विराटनगरमा विशेष धार्मिक कार्यक्रम

Calendar सोमबार, कार्तिक १०, २०८२  | बिहान ८:०२ बजे

विराटनगर । गोपाष्टमीको पवित्र अवसरमा विराटनगर–१४, जतुवास्थित श्रीकृष्ण गौ सेवा सदनमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ।

आयोजक संस्थाका अध्यक्ष शंकरलाल अग्रवालका अनुसार २०८२ साल कात्तिक १२ गते बुधबार बिहान ९ बजे देखि धार्मिक कार्यक्रम सुरु हुनेछ।

बिज्ञापन

कार्यक्रममा गौपूजन, गौ परिक्रमा तथा हवनका साथै पूर्णाहुति दिइने छ। पूर्णाहुति दिउँसो ११:३० बजे सम्पन्न हुने कार्यक्रमको आयोजना श्रीकृष्ण गौ सेवा सदन, परिवारद्वारा गरिएको हो।

कार्यक्रममा परिवार, इष्टमित्र तथा बन्दुबान्धवसहित सहभागी भई पुण्य लाभ लिन सबैलाई आयोजकले हार्दिक निमन्त्रणा गरेका छन्।

फोन सम्पर्कका लागि ०२१–४७५४३२ र मोबाइल नम्बर ९८२२५२२१९६ उल्लेख गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka