Premier Cables
Premier Steel

अपराध

मोरङको सिद्राहामा कौडा खेलिरहेका पाँच जना पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, कार्तिक ०५, २०८२  | साँझ ७:३५ बजे

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–३, सिद्राहा बाँसबारी चोकमा कौडा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार जुवा खालबाट पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–३ का ६७ वर्षीय अरुण गुप्ता, विराटनगर–१ का ५८ वर्षीय विनोद कार्की, ६८ वर्षीय दिनेश कार्की र ४३ वर्षीय विवेक सिंह तथा पर्साको वीरगन्ज महानगरपालिका–१६ का ४५ वर्षीय प्रदीपकुमार जैसवाल छन्। उनीहरूलाई मंगलबार राति (कात्तिक ४ गते) पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिबाट नगद ४८ हजार ५४० रुपैयाँ र १५ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka