Premier Cables
Premier Steel

खेलकुद

११ वर्षपछि नेपालको ऐतिहासिक उपाधि जित, टी-२० विश्वकपमा स्थान सुनिश्चित

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ३१, २०८२  | साँझ ७:१७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेपालले झन्डै ११ वर्षपछि आईसीसीको कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्न सफल भएको छ।

यसअघि नेपालले सन् २०१४ मा आईसीसी डिभिजन–४ को उपाधि जितेको थियो। त्यसपछिका प्रतियोगिताहरूमा उपाधिबाट टाढिएको नेपालले यसपटक नयाँ इतिहास रच्दै पुनः उपाधि चुमेको हो।

नेपालले पछिल्लोपटक २०२३ मा भएको विश्वकप छनोटको फाइनलमा ओमानसँगको खेलमा सुपर ओभरमा हार बेहोरेको थियो। तर, यसपटक उत्कृष्ट प्रदर्शन गर्दै नेपालले निर्णायक क्षणमा विजय हात पार्न सफल रह्यो।

यस प्रतियोगिताको समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गरेको थियो। कुवेत समूह चरणमै बाहिरिएकाले जापानविरुद्धको जितका दुई अंक बोकेर नेपाल सुपर सिक्समा प्रवेश गर्‍यो। सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईलाई १ रनले हराउँदै रोमाञ्चक जित निकाल्यो।

त्यसपछि दोस्रो खेलमा कतारलाई ५ रनले पराजित गर्दै नेपालले विश्वकपको लागि छनोट हुने सम्भावना बलियो बनायो। अनुकूल परिणाम आएपछि नेपाल तेस्रो खेल खेल्नुअघि नै विश्वकपका लागि छनोट भइसकेको थियो।

तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधिनजिक पुग्यो र अन्ततः उपाधि पनि हात पार्‍यो।

यस छनोट प्रतियोगिताबाट नेपालसँगै यूएई र ओमानले पनि सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपको लागि छनोट भएका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka