Premier Cables
Premier Steel

खेलकुद

सुपर सिक्सको पहिलो खेलमा नेपाल र यूएई आमनेसामने

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २६, २०८२  | बिहान १०:०० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स चरणको पहिलो खेलमा आज आफ्नो पुरानो प्रतिस्पर्धी संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दै छ। ओमानस्थित क्रिकेट एकेडेमीको टर्फ १ मा हुने खेल नेपाली समय अनुसार अपराह्न ४:१५ बजे सुरु हुनेछ।

समूह चरणमा दुबै टोली अपराजित रहेर सुपर सिक्समा प्रवेश गरेका हुन्। नेपाल र यूएई दुवैले सुपर सिक्सका लागि २-२ अंक जोडिसकेका छन्। नेपाल र यूएईबीचको प्रतिस्पर्धालाई एसोसियट क्रिकेटको ‘महाभिडन्त’ का रूपमा हेरिन्छ। पछिल्ला वर्षमा यी दुई टोलीबीच भइरहेका प्रतिस्पर्धात्मक खेलहरूले दुबैलाई एकअर्काका कट्टर प्रतिद्वन्द्वी बनाएका छन्।

महत्वपूर्ण प्रतियोगितामा बारम्बार आमनेसामने हुँदै आएका यी दुई टोलीबीच स्तरको खासै अन्तर छैन। तर निर्णायक क्षणहरूमा एकले अर्कालाई आश्चर्यचकित पार्दै जित हात पार्ने गरेका छन्।

आजको खेल सुपर सिक्स चरणमा बलियो सुरुआत दिलाउने अवसर भएकाले दुबै टोलीका लागि विशेष महत्वको हुनेछ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka