Premier Cables
Premier Steel

समाचार

धनकुटाको निगालेमा बस दुर्घटना: दुईको मृत्यु, छ जना घाइते

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २९, २०८२  | अपराह्न १:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। विराटनगरबाट धनकुटाको जीतपुर जाँदै गरेको यात्रुबाहक बस आज अपराह्न धनकुटाको निगाले भन्ने स्थानमा दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा छ जना अन्य यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार प्रदेश १–०२००१ ख ९६०६ नम्बरको साइराम यातायातको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो। बसमा सवार गंगा कार्की (वर्ष ६०) र डिल्ली बराल (वर्ष ६०), दुवै महालक्ष्मी नगरपालिका निवासी, घटनास्थलमै ज्यान गुमाएका हुन्।

बिज्ञापन

घाइते भएका यात्रुहरूमा धनकुटा नगरपालिका–४ की ४५ वर्षीया दुर्गा माया तिम्सिना भट्टराई, मोरङको केरावारी–९ की ६० वर्षीया देवी न्यौपाने, महालक्ष्मी नगरपालिका–९ की ७५ वर्षीया तारा देवी काफ्ले, महालक्ष्मी–८ की १७ वर्षीया खुसी लुङ्गेली, मोरङ गाछिया–७ की ८ वर्षीया अंकिता खड्का र महालक्ष्मी–७ की सिर्जना जिमी रहेका छन्।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीका अनुसार घटनास्थलमा प्रहरी टोली परिचालन भइसकेको छ र उद्धार तथा आवश्यक अनुसन्धानको काम भइरहेको छ। प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित भई सडकमा पल्टिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka