Premier Cables
Premier Steel

मौसम

आजको मौसम: वर्षाको सम्भावना हट्यो

Calendar शुक्रबार, असोज २४, २०८२  | बिहान ८:०२ बजे

काठमाडौं । यो वर्षको मनसुन प्रणाली बाहिरिने क्रममा रहेकाले मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । स्थानीय वायुको प्रभाव पनि कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव रहेको छ । बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको विभागले बताएको छ ।

बिज्ञापन

पश्चिमी, मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेका कारण धेरै स्थानमा वर्षाको सम्भावना छैन ।

विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले एकदुई स्थानमा मात्रै वर्षा हुने प्रष्ट पारेको छ । हल्का वर्षा हुने उसले बाताएको छ ।

विभागले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट यो वर्षको मनसुन प्रणाली बाहिरिसकेको यसअघि नै घोषणा गरिसकेको छ । बाँकी भूभागमा पनि मनसुनी वायुको कमजोर प्रभाव रहेको बताएको छ ।

जलवायुविज्ञ धर्मराज उप्रेती भने मनसुन लगभग नेपालको धेरै भागबाट बाहिरिसकेको भन्दै त्यसको आधिकारिक घोषणा हुन मात्रै बाँकी रहेको बताउँछन् ।

“अबको तीनदेखि चार दिन नेपालमा पानी पार्ने कुनै सक्रिय प्रणाली छैन । मनसुन लगभग नेपालको धेरै भागबाट बाहिरिसकेको छ । तर, आधिकारिक घोषणा हुन बाँकी छ,” उनी भन्छन्, “मनसुनी वायु निकै कमजोर भइसकेको हुनाले अबको बढीमा दुईदेखि चारदिनमा पूर्वी भागबाट पनि बाहिरिएको घोषणा हुनेछ ।”

पश्चिमी नेपालमा बिहीबार मौसम सफा रहेको र अझै केही दिन मौसम सफा रहेकाले किसानले पाकेको धान भित्र्याउन उपयुक्त समय भएको जलवायुविज्ञ उप्रेतीले बताएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka