Premier Cables
Premier Steel

राष्ट्रिय

मन्त्री कुलमान घिसिङ विपी राजमार्गको क्षतिग्रस्त क्षेत्र पुगे

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २३, २०८२  | बिहान ११:२८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं। अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण विपी राजमार्ग पुनः क्षतिग्रस्त भएको छ। गत वर्षको असोजमा आएको बाढीले नराम्ररी क्षति पुर्‍याएको सो राजमार्ग यस वर्ष पुनः बाढीको चपेटामा परेको हो।

यसपटकको बाढीले अस्थायी रूपमा सञ्चालनमा रहेको ट्र्याक समेत बगाएपछि राजमार्ग पूर्णरूपमा बन्द भएको छ, जसले स्थानीय आवागमनमा ठूलो अवरोध पुगेको छ।

राजमार्गको अवस्थाबारे स्थलगत निरीक्षण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ नेतृत्वको टोली आज क्षतिग्रस्त क्षेत्रमा पुगेको छ। टोलीले स्थलगत अध्ययन गर्दै समस्या समाधानका लागि आवश्यक उपायहरूबारे छलफल गरिरहेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka