Premier Cables

मौसम

कमजोर बन्यो मनसुन प्रणाली, धेरै स्थानमा मौसम सफा

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २३, २०८२  | बिहान ६:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं, असोज २३। आज देशका केही भागमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल देशभर मनसुनी प्रणाली र स्थानीय वायुप्रवाह कमजोर भएका कारण धेरैजसो स्थानमा मौसम सफा रहनेछ। यद्यपि, वर्षा हुने स्थानहरूमा पनि सामान्यतः हल्का खालको मात्र वर्षा हुने अनुमान गरिएको छ।

विज्ञापन

दिउँसो कोसी प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने विभागको पूर्वानुमान छ। पहाडी क्षेत्रमा एक-दुई स्थानमा मात्रै हल्का वर्षा हुनसक्ने सम्भावना छ।

रातिको पूर्वानुमान अनुसार पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतः खुला रहनेछ। ती पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा पर्ने सम्भावना कायम रहेको छ।

हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भागका धेरै स्थानमा तथा गण्डकी प्रदेशको पश्चिमी भागका केही क्षेत्रमा पश्चिमी वायुप्रवाह सक्रिय छ।

अन्य क्षेत्रहरूमा भने मनसुनी वायु र स्थानीय वायुप्रवाह कमजोर रहेका कारण मौसममा खासै परिवर्तन नआउने विभागले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka