Premier Cables
Premier Steel

मौसम

कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Calendar बुधबार, असोज २२, २०८२  | बिहान ७:११ बजे

काठमाडौं । देशका केही प्रदेशमा आज वर्षाको सम्भावना छ । आंशिक बदली भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

बिज्ञापन

कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।

कोसी र मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव छ । बाँकी भूभागमा मनसुनी तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka