Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

मोरङका विभिन्न स्थानमा बाढी: सयौं परिवार विस्थापित, केशलियाको बाढी विराटनगर पस्यो

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १९, २०८२  | अपराह्न २:२२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । लगातारको वर्षासँगै मोरङ जिल्लाका विभिन्न नदीहरूमा आएको बाढीले दर्जनौं बस्ती डुबानमा परेका छन्।

केशलीया, संघीया, बक्राहा, रतुवा, र कट्नु खोलाहरूमा आएको बाढीका कारण सयौं परिवार विस्थापित भएका छन्।
विराटनगर महानगरपालिका–६ र १२ नम्बर वडाका केशलीया खोला किनारमा बसोबास गर्ने करिब १०० परिवार विस्थापित भएका छन्।

प्रहरीका अनुसार विशेषगरी विराटनगर–१२ को सम्पन्न बस्तीमा ७५ घरका ३५० जनालाई सुरक्षित स्थलमा सारिएको छ। उनीहरूलाई बखरी र दरैया आधारभूत विद्यालयमा आश्रय दिइएको छ। विराटनगर-६ मा पनि केही घरहरू डुबानमा परेपछि स्थानीयलाई अन्य सुरक्षित स्थानमा सारिएको छ।

सुकुम्बासी बस्तीमा खतरा विराटनगर–८ को सुकुम्बासी बस्तीमा संघीया खोलाको बाढी पसेपछि ११ परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।

सुनवर्षी नगरपालिका अन्तर्गत क्षति सुनवर्षी नगरपालिका–३ बाहुनटोलमा बक्राहा खोलाले बाँध कटाएर बस्तीमा पस्दा ६० घर डुबानमा परेका छन्। वडा नं ६ मा पनि बक्राहा खोलाले बाँध भत्काएको छ भने तत्काल मर्मत कार्य भइरहेको जनाइएको छ।

उर्लाबारी र रतुवामाईमा बाढीको प्रभाव उर्लाबारी–९ मा रतुवा खोलाको बाढीले २० परिवार विस्थापित बनाएको छ। त्यसैगरी, रतुवामाई नगरपालिका–५ मा कट्नु खोला पसेर ६ परिवार, महाराजथानमा बक्राहा खोलाको बाढीले ९ परिवार, र मुसरभिट्टामा ३० परिवार विस्थापित भएका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka